दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी मध्ये २ लाख ३१ हजार ७७० जना उत्तिर्ण भएका बोर्डले जनाएको छ ।

यसैगरी १ लाख ४७१ विद्यार्थी ननग्रेडेड भएका छन् । उत्तिर्ण परीक्षार्थी मध्ये १७ हजार ७८६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका छन् ।

यसैगरी ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ६४ हजार ८२१ रहेको छ । यसैगरी २.८१ देखि ३.२० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ९४ हजार २४९ छ ।

यस्तै ५० हजार ५९७ जनाले २.४१ देखि २.८० जिपिए प्राप्त गरेका छन् भने ४ हजार ३०८ जनाले २.०१ देखि २.४० जिपिए प्राप्त गर्दा ९ जनाले २ जिपिए भन्दा कम अङ्क प्राप्त गरेका छन् ।

गत वैशाख महिनामा भएको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।

त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए । देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।

सबैभन्दा बढी काठमाडौँमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।

बोर्डले परीक्षा भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

केही स्थानमा हल्का वर्षाको सम्भावना

केही स्थानमा हल्का वर्षाको सम्भावना

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

सञ्चारमन्त्री डा तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री डा तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत