
काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले डा भट्टराई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका स्वीकृत गर्ने निर्णय पनि गरको छ ।
त्यसबाहेक राष्ट्रिय सेवा दल कानुन संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।।


