इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित – सार्वजनिक सेवा प्रसारण संस्था

इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित – सार्वजनिक सेवा प्रसारण संस्था




काठमाडौँ- फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।

खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।

खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।

हाल प्रतियोगिताअन्तर्गत घाना र पानमाबीचको खेल भइरहेको छ भने आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मन्त्री गौतम – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री गौतम – सार्वजनिक सेवा प्रसारण संस्था

विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने

पूर्वाधार विकास मन्त्री लम्साल – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वाधार विकास मन्त्री लम्साल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री गुरुङ – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री गुरुङ – सार्वजनिक सेवा प्रसारण संस्था

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार