मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित – सार्वजनिक सेवा प्रसारण संस्था

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री