कालीकोटमा भेटियो रेडपान्डा – सार्वजनिक सेवा प्रसारण संस्था

कालीकोटमा भेटियो रेडपान्डा – सार्वजनिक सेवा प्रसारण संस्था

मान्म (कालीकोट)- कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।

तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ ।

तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताउनुभयो । “संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।”

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपान्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताउनुभयो ।

“विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपान्डा भएको स्थानीयले बताउँदै आएका थिए । अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपान्डा भेटिएको छ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।”

त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपान्डाको बासस्थान भेटिएका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।

“हामीले विगतमा नै हाउडी लेकलगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ”, उहाँले भन्नुभयो ।

महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपान्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपान्डा भेटिएको गाउँपालिकाले जनाएको छ ।

रेडपान्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ । जङ्गलमा घाँसदाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपान्डाको बासस्थान सङ्कट पर्र्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री