सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।

यस्तै, सङ्घीय रोयल्टीबापत रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ खर्ब छ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने रु नौ अर्ब ६२ करोड, सशर्त अनुदान रु ६ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान रु ३८ करोड ३८ लाख र विषेश अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिनुभयो ।

प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गर्नुभएन । प्रतिपक्षी दलका सदस्यहरुको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको हो ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले दिनुभएको समयमा बोल्नुभएका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताउनुभयो । त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिनुभएको थियो ।

बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो । प्रदेश सरकारको चालु आवमा रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश