भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

हुम्ला –  भारत सरकारको आर्थिक सहयोगमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ ।

करिब १४ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको हो । परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले अस्पताल भवन निर्माणपछि स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडिओ सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल र भारतबिचको विकास साझेदारीलाई निरन्तर सुदृढ बनाइने बताउनु भयो । उहाँले नेपाल सरकार र नेपाली जनतासँग मिलेर साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

एचआईसीडीपी कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६ सय परियोजना सञ्चालन भइसकेका छन् । हुम्लामा यो तेस्रो परियोजना हो । यसअघि सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय भवन तथा चंखेली–दर्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारत सरकारले अनुदान सहयोग प्रदान गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

नेप्से परिसूचक चार अङ्कले घट्यो

नेप्से परिसूचक चार अङ्कले घट्यो

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु