नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले आज मन्त्रिपरिषद विस्तार गर्नु भएको हो ।

नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रीहरुको नियुक्त गर्दै मन्त्रिहरुलाई शपथ गराउनु भएको हो ।

गृह मन्त्रालयमा पुनः सुधन गुरुङ दोस्रो पटक जिम्मेवारी दिइएको हो । सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि उहाँमाथि एक समिति गठन गरि अनुसन्धान गरिएको छ । मन्त्रिपरिषदको आजको बैठकमा उक्त समितिको प्रतिवेदन पेश भएको थियो ।

समितिले सम्पति सम्बन्धी विवादमा सफाइ दिएसँगै गुरुङ गृह्यमन्त्रीमा फर्किनु भएको हो ।   स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बन्नु भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना