सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

काठमाडौँ– नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री  महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।”

मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।”

आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उहाँको भनाइ छ । मन्त्री पुन भन्नुभयो, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि