वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाई नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयोउहाँका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ ।

आयोगले वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० की रिता भट्टराई विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

नागढुङ्गा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने

नागढुङ्गा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने

३१ जनाको मृत्यु, कयौँ बेपत्ता – सार्वजनिक सेवा प्रसारण संस्था

३१ जनाको मृत्यु, कयौँ बेपत्ता – सार्वजनिक सेवा प्रसारण संस्था

काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

सडकको सहज पहुँच नहुँदा रुबी भ्यालीका तरकारी गाउँमै कुहिन्छन्

सडकको सहज पहुँच नहुँदा रुबी भ्यालीका तरकारी गाउँमै कुहिन्छन्

हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि