त्रिवेणी स्पिनिङ उद्योगमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा, लाखौँको क्षति

त्रिवेणी स्पिनिङ उद्योगमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा, लाखौँको क्षति

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार आगलागी हुँदा १८० टन कपास र उद्योगमा रहेको धनमाल जलेर नष्ट भएको छ । आगो करिब दुई घण्टा पछि नियन्त्रणमा आएको हो ।

उद्योग परिसरभित्र रहेको कपास गोदाममा विद्युत सर्ट भई बिहान करिब १०ः४० बजे लागेको आगो १२ः३० बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

आगलागीबाट गोदाममा भण्डारण गरिएको १८० टन कपास, मिक्सिङ ब्लेण्डर, मिक्सिङ ओपनर, कन्डेन्सर लगायतका मेसिन तथा गोदाम भवनमा ठूलो क्षति पुगेको छ ।

घटनामा कुनै मानवीय क्षति भएको छैन । बारा र पर्साका १२ वटा दमकल सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । क्षतिको पूर्ण विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा जिल्ला प्रहरी प्रमुख सहित सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

जगद्गुरु शङ्कराचार्य भारतीको नेपाल भ्रमण सफल भएको निश्कर्ष

जगद्गुरु शङ्कराचार्य भारतीको नेपाल भ्रमण सफल भएको निश्कर्ष

त्रिवेणी स्पिनिङ उद्योगमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा, लाखौँको क्षति

त्रिवेणी स्पिनिङ उद्योगमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा, लाखौँको क्षति

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक