तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बारा- बिगत केहीदिन देखि तराईमधेशमा अत्यधिक गर्मी बढ्दै गएपछि बचेर काम गर्न मजदुर र कृषकहरूलाई बिज्ञहरुले सुझाब दिएका छन ।

गर्मीबाट दैनिक ज्याला मजदुरी गर्ने मजदुर र किसानहरु बढी मारमा परेका छन ।

बिगत तीनदिनदेखि तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी महशुस भएको छ । तीन दिनमा दैनिक करिब एक डिग्री तापक्रम बढ्दो छ ।

तीन दिन अघि अधिकतम ३६ डिग्री तापक्रम भएकोमा आज झण्डै ४० डिग्री अधिकतम तापक्रम पुगेको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाले सार्वजनिक गरेको विवरणमा अत्यधिक गर्मी हुने ‘तातो दिन’ को रुपमा उल्लेख गरिएको छ ।

उच्च तापक्रमका कारण खेतबारीमा काम गर्ने कृषकको स्वास्थ्यमा प्रतिकूल असर पारेको कृषक मजदुरहरुले बताएका छन ।

बिहान चाँडो वा साँझपख मात्र खेतबारीको काम गर्न, पर्याप्त पानी पिउनु तथा लामो समयसम्म घाममा नबस्न र घाममा जाँदा छाताको प्रयोग गर्न निजगढ नगरपालिकाका कृषि प्राविधिक रुपा पराजुलीको सुझाब छ ।

उच्च गर्मीको समयमा बढी पानी पिउने, सकेसम्म घाममा नहिड्न र गर्मीको समयमा सर्पको टोकाईको जोखिम उच्च रहेकोले बचेर काम गर्न प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डा.दिपेन्द्र प्रसाद यादबले बताउनु भएको छ ।

गर्मी उच्च भएसगै लु लाग्ने सम्भावना भएकोले सावधानी अपनाएर खेती किसानी तथा जुनसुकै काम गर्न आबश्यक भएको डा. यादबको भनाइ छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री तिमिल्सिना

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री तिमिल्सिना

तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित