रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पा- रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोलास्थित सहिद मार्गमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका अनुसार आज बिहान गाडी दुर्घटना भएको खबर प्राप्त भएपछि ट्राफिकसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

साथै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पंच कुमार बाखुको कमाण्डमा समेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट करिब ४ किलोमिटर पूर्व–दक्षिणमा पर्ने बताइएको छ।

प्रहरीका अनुसार अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको सानो बोलेरो पिकअप गाडी सडकबाट करिब ५००–६०० मिटर तल खसेको अवस्थामा फेला परेको हो।

गाडीमा जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइपलगायत निर्माण सामग्री लोड गरिएको थियो।सिङ्गल क्याब बोलेरो पिकअपमा सवार दुई पुरुष र एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूमा चालक दाङ घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेका छन्।

प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै