विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो । बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । विपक्षी दलका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि  बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

आजको बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।

त्यसअघि नेपाली कांग्रेसका सांसद अभिषेकप्रसाद साहले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राख्नुभएको धारणा पुष्टि गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट सो सम्बन्धमा सदनमा विरोध दर्ज गराइएको जानकारी दिनुभयो ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सार्वभौमसत्ता, अखण्डता जोगाउने सम्बन्धमा सबै सांसदहरुको समान धारणा रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले त्यस्तो निकायबाट गलत धारणा आउनु आफैमा ग्राह्य नभएको तर्क गर्नुभयो । देशको सीमा, सार्वभौमसत्ता, अखण्डताका विषयमा सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्री राष्ट्रको अभिभावक भएकाले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । आफूहरु संसद् सहज ढङ्गले चलोस् भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सत्तापक्षको धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद र अतिक्रमणका विषय फरकफरक विषय भएको बताउनुभयो । देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताका विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो । यसैगरी सदनमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमााथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित