लुम्बिनी प्रदेशको राजधानी जोड्ने गच्छे–भालुवाङ सडक निर्माणमा तिव्रता

लुम्बिनी प्रदेशको राजधानी जोड्ने गच्छे–भालुवाङ सडक निर्माणमा तिव्रता

अर्घाखाँची- अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलाई लुम्बिनी प्रदेशको राजधानी देउखुरीसँग जोड्ने बहुप्रतीक्षित गच्छे–भालुवाङ सडकमा निर्माण सुरु भएको २७ वर्षपछि कालोपत्रको काम अघि बढेको छ। सन्धिखर्कस्थित गच्छेदेखि ढिकुराको गौंडाकोटसम्म ४ किलोमिटर सडकमा अम्मर निर्माण सेवाले साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिरहेको छ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोपी पुनका अनुसार ४८ किलोमिटर लामो गच्छे–भालुवाङ सडकअन्तर्गत पहिलो चरणमा १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का भइसकेको छ। यसका लागि करिब साढे आठ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बाँकी खण्डको कालोपत्रका लागि तयारी भइरहेको र आगामी वर्ष थप बजेट प्राप्त भएपछि काम अगाडि बढाइने उनले बताए।

२०५६ सालमा तत्कालीन जिल्ला विकास समितिको पहलमा सुरु गरिएको यो सडकले अर्घाखाँचीको दक्षिणी भेगका धनचौर, जलुके, जुकेना, सिद्धारालगायत गाउँलाई दाङको भालुवाङ बजार तथा सन्धिखर्कसँग जोड्ने लक्ष्य राखेको थियो। तत्कालीन जिल्ला विकास समिति सभापति पिताम्बर भुसालको पहलमा सुरु भएको सडक बजेट अभावका कारण २७ वर्षसम्म पूर्णरूपमा सम्पन्न हुन सकेन।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा स्थापना भएपछि यो सडकको रणनीतिक महत्व अझ बढेको छ। हाल अर्घाखाँचीबाट प्रदेश राजधानी पुग्न सन्धिखर्क–गोरुसिंगे–भालुवाङ हुँदै करिब १२४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ। गच्छे–भालुवाङ सडक पूर्णरूपमा सञ्चालनमा आएपछि दूरी ४८ किलोमिटरमा सीमित हुने भएकाले यात्राको समय र खर्च दुवै उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

कार्यालय प्रमुख पुनका अनुसार पर्याप्त बजेट उपलब्ध भए दुई वर्षभित्र सम्पूर्ण सडक कालोपत्र सम्पन्न गर्न सकिन्छ। सडकको निर्माणमा धनचौरस्थित साप्रे भीर काट्ने जटिल काम र सीमित बजेट प्रमुख चुनौतीका रूपमा रहेका छन्। सम्पूर्ण सडक कालोपत्र गर्न करिब एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

पूर्व सभापति भुसालका अनुसार यो सडक पूर्व–पश्चिम वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण छ। सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसँगै गुल्मी र पाल्पाका नागरिकलाई पनि प्रदेश राजधानी पुग्न सहज हुनेछ। कालीगण्डकी करिडोर हुँदै रामपुर–रिडी–सन्धिखर्क मार्ग प्रयोग गर्ने पाल्पावासी तथा तम्घास–सन्धिखर्क हुँदै यात्रा गर्ने गुल्मीवासीका लागि पनि यो सडक लाभदायक बन्ने अपेक्षा गरिएको छ।

सडक सञ्चालनमा आएपछि शीतगंगा नगरपालिकाका दुर्गम क्षेत्र जलुके, जुकेना, सिद्धारालगायत स्थानमा उत्पादन हुने खसीबोका, कुखुरा, दूध, अण्डा तथा तरकारी भालुवाङ बजारसम्म सहज रूपमा पुग्नेछन्। गीता भाट क्षेत्रीले नियमित यातायात सञ्चालन भएपछि स्थानीय उत्पादनले बजार पाउने, कृषि उद्यम विस्तार हुने र युवाहरू व्यवसायिक कृषितर्फ आकर्षित हुने विश्वास व्यक्त गरिन्।

यस क्षेत्रको बीचभागमा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना, राप्ती नदी, लामाताल तथा पतञ्जलीको जन्मस्थलजस्ता सम्भावित पर्यटकीय तथा आर्थिक केन्द्रहरूलाई पनि सडकले नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित