भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त

भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त

काठमाडौँ- सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले केही बढुवा, छानविन समितिको म्याद थप गर्ने र भूमि समस्या समाधान समितिमा पादाधिकारीहरुको नियुक्ति लगायतका निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

-United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

– सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।

– संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।

– भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौँ, पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौँलाई नियुक्ति गर्ने ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित