गोरखामा निशुल्क मुटु शिविर, १ हजारभन्दा बढी लाभान्वित

गोरखामा निशुल्क मुटु शिविर, १ हजारभन्दा बढी लाभान्वित

गोरखा- गोरखा अस्पताल र सिरानचोक गाउँपालिकामा सञ्चालित दुई दिने निशुल्क मुटु परीक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

जेठ १६ र १७ गते आयोजना गरिएको उक्त शिविरबाट कुल १ हजार २१ जना स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

रोटरी क्लब अफ गोरखाको मुख्य आयोजनामा भएको यस शिविरलाई सम्भव छ नेपाल, मुटु जोगाउँ काठमाडौँ र त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।

शिविरमा सर्वसाधारणका लागि निशुल्क मुटुरोग परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरु समेत निशुल्क वितरण गरिएको थियो।

शिविरमा गोरखा अस्पतालमा ७६२ जना र सिरानचोक गाउँपालिकामा २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य जाँचका क्रममा गोरखाका जटिल प्रकृतिका मुटु समस्याहरू फेला परेका छन्।

शिविरमा परीक्षण गराउन आएका बिरामीहररुमध्ये केहीमा वाथ मुटुरोग, जन्मजात मुटुरोग तथा मुटुको नसा ब्लक हुने जस्ता गम्भीर स्वास्थ्य समस्याहरू देखिएको डा भट्टराईको भनाइ थियो ।

यस्ता जटिल बिरामीहरूलाई समयमै पहिचान गरी थप उपचारका लागि परामर्श दिइएको छ।

गोरखा अस्पतालमा विगत १२ वर्षदेखि हरेक वर्ष यी सहयोगी संस्थाहरूको सहकार्यमा निशुल्क मुटु परीक्षण शिविर निरन्तर सञ्चालन हुँदै आएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते