ट्रिपरको ठक्करबाट बाबु र छोराको मृत्यु, आमा घाइते

ट्रिपरको ठक्करबाट बाबु र छोराको मृत्यु, आमा घाइते




दाङ- दाङको तुलसीपुरस्थित गुल्म चोकमा आज बिहान ट्रिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छन्।

प्रहरीका अनुसार रा १ ख २१९२ नम्बरको ट्रिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिरान्स नेपाली गम्भीर घाइते भएका थिए।

घाइते बाबुछोरालाई प्रारम्भिक उपचारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो।

उपचारका लागि लैजाँदै गर्दा छोरा मिरान्सकोबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाबु मनोजको भने नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली सामान्य घाइते भएकी थिइन्।

उनको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

ट्रिपर चालक शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते