राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

पभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउँछौँः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ, १७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताउनुभएको छ ।

बजेट सार्वजनिक भएको दुई दिनपछि आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताउनुभयो । “अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन हामी केहीलाई लखपति बनाउँछौँ ।”

उक्त योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई पनि सहभागी गराइने उहाँको भनाइ छ । सो व्यवस्थाअनुसार मूल्य अभिवृद्धिकरको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

उहाँले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताउनुभयो । मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले रु १० लाखसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले विद्युतीय पूर्वाधार निर्माणका लागि बिजुलीको महसुलमा सामान्य शुल्क लगाउन लागिएकोसमेत बताउनुभयो । विद्युतीय पूर्वाधार निर्माणका लागि मात्रै आगामी आर्थिक वर्षका लागि रु ८५ अर्ब ५४ करोड बराबरको बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले लगानीको स्रोत जुटाउनका लागि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्नेलाई पाँच प्रतिशत बराबरको कर प्रस्ताव गरिएको बताउनुभयो ।

यस्तै, निजी विद्यालयमा अध्ययन गर्ने र निजी अस्पतालमा उपचार गर्नेका हकमा उठाउन लागिएको समता कोष सार्वजनिक पूर्वाधार विकास र दुर्गम क्षेत्रका विद्यार्थीको पोषणका लागि खर्च गरिने उहाँको भनाइ थियो ।

नियमित दायित्वका लागि नै ठूलो स्रोत विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । निर्माणका क्रममा रहेका पूर्वाधार सम्पन्न गर्न बजेटले जोड दिएको जानकारी दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आवमा १२ वटा प्रसारण लाइन र हुलाकी राजमार्ग पूरा हुने विश्वास व्यक्त गर्नुभयो । बजेटमार्फत एआई तथा विद्युतीय पूर्वाधार निर्माणका लागि विशेष प्रबन्ध गरिएको र यो परियोजना रणनीतिक महत्वको रहेको अर्थमन्त्रीको भनाइ छ ।

बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको र केही थप गरिएको जानकारी दिँदै अर्थमन्त्रीले गरिबी न्यूनीकरणका कार्यक्रम अगाडि बढाउँदै मध्यमवर्गमा स्तरोन्नति गर्न लागिएको बताउनुभयो ।

सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने उहाँले स्पष्ट पार्नुभयो । सेयर लगानीकर्ताबीच करसम्बन्धी देखिएको अन्योल हटाउन सरकारले यस विषयमा स्पष्ट व्यवस्था गरेको उहाँको कथन छ । पुँजीगत लाभकरका बारेमा केही पक्षले अनावश्यक रूपमा भ्रम फैलाएको दाबी गर्दै उहाँले गलत व्याख्या नगर्नसमेत आग्रह गर्नुभयो ।

“सेयर कारोबारबाहेक अन्य व्यवसाय वा आम्दानीका स्रोत भएका व्यक्तिले सम्बन्धित कारोबारअनुसार कर तिर्नुपर्ने भए पनि सेयर कारोबारबाट प्राप्त लाभमा भने पुँजीगत लाभकर नै अन्तिम कर हुनेछ”, उहाँले भन्नुभयो । करमाथि कर लाग्ने भन्ने कुरा नहुने स्पष्ट पार्दै उहाँले कार्यान्वयनका क्रममा कतै गल्ती भएको रहेछ भने सच्याउन तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सरकारले प्रस्तुत गरेकोे बजेट कार्यान्वयनमा शङ्का नगर्न पटकपटक आग्रह गर्नुभयो । उहाँले अहिले नै नतिजा खोज्नुभन्दा सरकारलाई ‘शङ्काको सुविधा’ दिनसमेत आग्रह गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले भूकम्प अगाडि बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा औसतमा २५ देखि २९ प्रतिशत बराबर नै रहे पनि गोरखा भूकम्पपछि हरेक वर्ष क्रमशः बढ्दै गएको स्पष्ट पार्नुभयो ।

हरेक वर्ष बजेट सार्वजनिक भएपछि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने द्विविधा हुने गरेको र बहस पनि हुने गरेको उल्लेख गर्दै उहाँले यसपटक सहज रुपमा कार्यान्वयन हुने दाबी गर्नुभयो । सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

“अहिले नै बजेट कार्यान्वयन गर्न सक्छौँ कि सक्दैनौँ भनेर प्रश्न नगर्नुस्, मलाई अहिले शंकाको सुविधा दिनुस्”, उहाँले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

प्रतिनिधिसभा बैठकमा विपक्षीद्वारा नाराबाजी सहित बेल घेराउ

प्रतिनिधिसभा बैठकमा विपक्षीद्वारा नाराबाजी सहित बेल घेराउ

परराष्ट्र मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्र मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था