शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीका प्रेम रोकायाले यस वर्ष पाँच कट्ठा क्षेत्रफलमा गरेको आलुखेतीबाट राम्रो उत्पादन भएको थियो। तर भण्डारण गर्ने उचित ठाउँ नहुँदा आलु सस्तोमै बेच्नुपरेको पीडा उहाँले सुनाउनुभयो। बिउका लागि छुट्याएर राखेको आलु समेत अहिले कुहिन थालेको उहाँको भनाइ छ। आलुको उत्पादन राम्रो भए पनि भण्डारण गर्ने ठाउँ नहुँदा किसान मर्कामा परेको रोकायाको गुनासो छ।

“यस वर्ष आलुको उत्पादन राम्रो भयो, तर किसानले उचित मूल्य पाएनौँ,” रोकायाले भन्नुभयो, “प्रतिकिलो १५ रुपैयाँमै बेच्नुपर्‍यो। राख्ने ठाउँ भएको भए अझ राम्रो मूल्य पाइन्थ्यो।”

यो समस्या रोकायाको मात्रै होइन। आलु तथा तरकारी भण्डारणका लागि शीतभण्डारको अभावका कारण कञ्चनपुरका धेरै किसानले यस्तै समस्या भोगिरहेका छन्। कतिपय किसानले आलुखेती नै छोडिसकेका छन् भने कतिपय छोड्ने तयारीमा छन्।

शीतभण्डारकै अभावका कारण बेदकोट नगरपालिका–७, बसन्तपुरका आर्यन डगौरा पनि वर्षौँदेखि गर्दै आएको आलुखेती छोड्ने सोचमा हुनुहुन्छ। उहाँले झण्डै १४ वर्षदेखि व्यावसायिक आलुखेती गर्दै आउनुभएको छ।

“पहिले हाम्रो गाउँमा ९० प्रतिशतले आलुखेती गर्थे, कोल्ड स्टोर पनि नजिकै थियो,” उहाँले भन्नुभयो, “तर अहिले त्यो स्टोर बन्द भएपछि महँगो भाडा तिरेर कैलाली लैजानुपर्छ। धेरै किसानले खेती छोडिसके, म पनि अब छोड्ने सोचमा छु।”

डगौराका अनुसार अहिले किसानले आलु भण्डारणका लागि कैलालीको पहलमानपुर पुग्नुपर्छ। ढुवानी, ज्याला र भण्डारण खर्च जोड्दा प्रतिक्विन्टल करिब एक हजार रुपैयाँ खर्च हुने गरेको उहाँ बताउनुहुन्छ।

आलुखेती घट्दै, कोल्ड स्टोरमा लगानी बढ्दै

कञ्चनपुरमा शीतभण्डार निर्माणमा तीनै तहका सरकारले लगानी गरेका छन्। प्रदेश सरकारले कञ्चनपुरको दोधारा चाँदनी र पुनर्वासमा कोल्ड स्टोर निर्माणका लागि एक करोड १४ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। संघीय सरकारले १२ करोड २८ लाख रुपैयाँ र स्थानीय तहहरूले थप १० करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्।

हाल दोधारा चाँदनीमा कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ भने पुनर्वास, बेलडाँडी र बेदकोटमा निर्माणाधीन छन्। कृष्णपुरमा भने निर्माण प्रक्रिया सुरु गरिएको छ। तर करोडौँ रुपैयाँ खर्चिएर संरचना बने पनि किसानले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। दोधारा चाँदनीमा तीन वर्षअघि निर्माण सम्पन्न भएको कोल्ड स्टोर अझै सञ्चालनमा आएको छैन।

प्रदेशको मात्रै पाँच करोडभन्दा बढी खर्च

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कञ्चनपुरसहित सुदूरपश्चिमका आठ जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माण गर्न साढे ६ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार हालसम्म पाँच करोड २५ लाख ४४ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर अहिलेसम्म कञ्चनपुरको दोधारा चाँदनी र कैलालीको लम्कीचुहा क्षेत्रमा गरी दुई वटा मात्रै निर्माण सम्पन्न भएका छन् भने बाँकी ११ वटा निर्माणाधीन अवस्थामै छन्।

Source link

संबधित खबर

धेरै पढ़िएको

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उपभोगमा आधारित कर प्रणाली-अर्थमन्त्री

प्रतिनिधिसभा बैठकमा विपक्षीद्वारा नाराबाजी सहित बेल घेराउ

प्रतिनिधिसभा बैठकमा विपक्षीद्वारा नाराबाजी सहित बेल घेराउ

परराष्ट्र मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्र मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

शीतभण्डारको अभावले कञ्चनपुरका आलु किसान मर्कामा

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था