कोरलानाका हुँदै एकसातामा ६ सय १४ ईभी भित्रिए

कोरलानाका हुँदै एकसातामा ६ सय १४ ईभी भित्रिए

मुस्ताङ- नेपाल-चीन उत्तरी कोरलानाका हुँदै एकसाता अवधिमा चीनयाँ कम्पनीका ६ सय १४ वटा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन् । कोरलानाका स्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाका हुँदै जेठ ७ देखि १५ गतेसम्म ६ सय १४ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार भित्रिएका सबै सवारी साधनहरुको भन्सार जाँचपाँस भईसकेको छ । हिउँदयामपछिको पहिलो खेपका विद्युतीय सवारी साधनहरु भित्रिन थालेको भन्नुहुँदै भन्सार प्रमुख चुडालले अझै धेरै ठुलो संख्यामा कोरलानाकाबाट सवारी साधन भित्रदै गरेको जानकारी पाएको बताउनुभयो ।

भन्सार जाँचपास गरी सवारी साधनहरु लोमान्थाङ हुँदै जोमसोम जाने र त्यहाँ चार्जिङपछि गन्तव्यतर्फ जाने गर्दछन् । चार्जिङ स्टेशन कम हुँदा भने चार्जिङका लागि पालो कुरेर बस्नुपर्ने अवस्था रहेको छ । उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा बिद्युतीय सवारी चार्जिङ स्टेशन संञ्चालनमा छन् ।

तातोपानी नाका र रसुवागढी नाकाको विकल्पमा नेपाल-चीन उत्तरी कोरलानाका गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा संञ्चालनमा ल्याईएको हो । सरकारले नाका पूर्ण रुपमा सञ्चालनमा ल्याएसंगै चीनतर्फ निकासी तथा पैठारी कारोबार वृद्धि भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

मुक्तिनाथमा दर्शनार्थी खचाखच – सार्वजनिक सेवा प्रसारण संस्था

मुक्तिनाथमा दर्शनार्थी खचाखच – सार्वजनिक सेवा प्रसारण संस्था

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ-पूर्वप्रधानन्यायाधीश सिंह

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ-पूर्वप्रधानन्यायाधीश सिंह

निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन – सार्वजनिक सेवा प्रसारण संस्था

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन – सार्वजनिक सेवा प्रसारण संस्था