भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

काठमाडौँ –  भारत सरकारको आर्थिक सहयोगमा मनाङको नासोँ गाउँपालिका–५ मा अस्पताल भवन निर्माण हुने भएको छ । सो भवनको शुक्रवार शिलान्यास गरिएको हो ।

काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरेको राजदूतावासले जनाएको छ ।

भारत सरकारको करिब ५ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिन लागेको हो । परियोजना नासोँ गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए । नयाँ अस्पताल भवन निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भारतीय राजदूतावासले नेपाल र भारतबिच व्यापक तथा बहु आयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपाल सरकारको विकास र समृद्धिको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन

अर्थमन्त्रीद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत

अर्थमन्त्रीद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत

 सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयको विरोध, पूर्व-पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

 सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयको विरोध, पूर्व-पश्चिम राजमार्ग केहीबेर अवरुद्ध