प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधि सभा बैठक स्थगित – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभा बैठक स्थगित – सार्वजनिक सेवा प्रसारण संस्था

मुख्य सचेतक बुर्लाकोटी – सार्वजनिक सेवा प्रसारण संस्था

मुख्य सचेतक बुर्लाकोटी – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा बैठक पुनः सुरु (प्रत्यक्ष प्रसारण)

प्रतिनिधिसभा बैठक पुनः सुरु (प्रत्यक्ष प्रसारण)

भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण

भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण

ध्रुवराज राई, उपनेता श्रम संस्कृति पार्टी – सार्वजनिक सेवा प्रसारण संस्था

ध्रुवराज राई, उपनेता श्रम संस्कृति पार्टी – सार्वजनिक सेवा प्रसारण संस्था

उत्पादन, रोजगारी र सुशासनमा प्राथमिकता

उत्पादन, रोजगारी र सुशासनमा प्राथमिकता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था