हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा

हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा

हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा

रौतहटमा बाघ गणना जारी – सार्वजनिक सेवा प्रसारण संस्था

रौतहटमा बाघ गणना जारी – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ- प्रवक्ता पोख्रेल

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ- प्रवक्ता पोख्रेल

उपसभामुख ठाकुर – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभामुख ठाकुर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्व प्रधानमन्त्री कार्कीको मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक

पूर्व प्रधानमन्त्री कार्कीको मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक