शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत तीन लाख रुपैयाँ लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो ।

नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रकृयामार्फत उपकरण खरिद गरिएकोे नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिनुभयो ।

“वैदेशिक रोजगारी वा देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,” शाखा प्रमुख धामीले भन्नुभयो, “यो चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ ।”

उहाँका अनुसार पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दो छ । यस्तो अवस्थामा परिवारका सदस्यको आकस्मिक निधन हुँदा आफन्त आइपुग्नुअघि नै अन्त्येष्टि गर्नुपर्ने बाध्यात्मक अवस्थालाई यस सेवाले अन्त्य गर्ने विश्वास गरिएको छ ।

नगर प्रवक्ता लालबहादुर ऐरले यस सेवालाई मानवीय संवेदनासँग जोडिएको एक महत्वपूर्ण र संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्नुभयो ।

“मृत्युलाई कसैले टार्न सक्दैन, तर कम्तीमा टाढा रहेका आफन्तले घर फर्केर मृतकको अन्तिम दर्शन गर्न पाऊन् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो । नगरपालिकाले आवश्यक परेका परिवारको घरदैलोमै नगर प्रहरीमार्फत यो यन्त्र पु¥याउने व्यवस्थासमेत मिलाएको छ ।

यसैबीच, नगरपालिकाले आगामी असार मसान्तभित्रै शव वाहन सेवा सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । पूर्वाधार शाखा प्रमुख धामीका अनुसार शववाहन खरिदका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र असारभित्रै गाडी नगरपालिकामा आइपुग्नेछ । शव चिस्यान र शववाहन दुवै सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीलाई थप राहत पुग्नेछ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि निजी क्षेत्रबाट यस्तो सेवा लिन निकै महँगो पर्ने भएकाले स्थानीय बासिन्दाले नगरपालिकाको यस लोककल्याणकारी एवं सेवामूलककार्यको स्वागत गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक