अमेरिकामाथि नेपालको सानदार जीत, अमेरिका १२२ रनले पराजित

अमेरिकामाथि नेपालको सानदार जीत, अमेरिका १२२ रनले पराजित

काठमाडौँ- आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ  । नेपालले आज अमेरिकालाई पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । आज विहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१७ रनको योगफल बनाएको थियो ।

३१८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अमेरिकाले ४१ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा १९५ रन मात्र जोड्यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए ।

यसैगरी दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।

यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

भदौ २४ को घटनामा राज्य मौन छ- सभापति थापा

भदौ २४ को घटनामा राज्य मौन छ- सभापति थापा

पदाधिकारीहरुद्वारा अध्यक्ष ओलीको राजीनामा माग

पदाधिकारीहरुद्वारा अध्यक्ष ओलीको राजीनामा माग

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरियो

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरियो

सरकारको कामले जनतामा आशा जगाएको छ- सञ्चारमन्त्री

सरकारको कामले जनतामा आशा जगाएको छ- सञ्चारमन्त्री

पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएकाले सतर्क रहन मौसम विभागको अनुरोध

पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएकाले सतर्क रहन मौसम विभागको अनुरोध

स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा

स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा