प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

मंगलबार बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत् अनुमोदन गरेको हो ।

समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायालय सुधारका लागि आफ्नो प्रतिबद्धता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा शर्माले सांसदहरुले उहाँमाथि उठाउनु भएका प्रश्न र समितिमा परेका उजुरीहरुका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो ।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश  शर्मालाई सिफारिस गरेको थियो ।

संसदीय समितिबाट उहाँको नाम अनुमोदन भएसँगै शर्मा  प्रधानन्यायाधीशमा नियुक्तिको लागि बाटो खुला भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन