एमालेको सचिवालय बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेको सचिवालय बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।

यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ ।

आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु

इरानमा पक्राउ परेका अमृत झा थुनामा, निष्पक्ष सुनुवाइका लागि पहल जारी

इरानमा पक्राउ परेका अमृत झा थुनामा, निष्पक्ष सुनुवाइका लागि पहल जारी

कङ्गो र युगान्डामा इबोलाको प्रकोप बढ्दो, ८८ जनाको मृत्यु

कङ्गो र युगान्डामा इबोलाको प्रकोप बढ्दो, ८८ जनाको मृत्यु

एमालेको सचिवालय बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेको सचिवालय बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था