सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिक प्रतिवेदन पेश

सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिक प्रतिवेदन पेश

काठमाडौँ-  सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबीएन) ले आफ्नो पहिलो बार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गरेको छ ।

पिएसबिएनका  कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट तथा संचालक समितिका सदस्यहरु डा. भूमि चापागाई, अनिता गुरुङ तथा संचार मन्त्रालयका सहसचिव समेत रहनु भएका समितिका गौरब गिरीले सामूहिक रुपमा पिएसबीन परिषदका अध्यक्ष एवम् संचारमन्त्री डाक्टर विक्रम तिमिल्सिनालाई पहिलो वार्षिक प्रतिवेदन पेश गरेको हो।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को व्यवस्थाअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ । साथै, उक्त प्रतिवेदन सरकारले संघीय संसदको सम्बन्धित समितिमा पेश गर्नुपर्ने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै संचार संचारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणको हितमा निर्वाह गरेको जिम्मेवारीका लागि धन्यवाद ज्ञापन गर्दै सरकारले फरक ढंगले अगाडि बढ्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो । साथै मन्त्रालय र यस अन्तर्गतका निकायहरुमा गर्नुपर्ने कामको चाँङ नै रहेकाले कहाँबाट कसरी शुरु गर्ने भनेर अत्तालिनु पर्ने अवस्था रहेको बताउनु भयो ।

पिएसबिएनका अध्यक्ष डा. महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएपछि नेपाल टेलिभिजन र रेडियो नेपालको कभरेज, प्राविधिक क्षमता, केन्द्रीय तथा क्षेत्रीय प्रसारण केन्द्रहरुको अवस्था, दुबै संस्थाको वित्तिय अवस्था तथा लेखापरीक्षण लगायतका विषयवस्तु समेटेर विस्तृत प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो ।

संचालक समिति सदस्य एवं संचार मन्त्रालयका सहसचिव गौरब गिरीले फरक फरक इतिहास बोकेका रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई एकै ठाउँमा ल्याउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु