धोबीखोला करिडोर अतिक्रमण गरी बनाइएका घरहरु भत्काउन थालियो

धोबीखोला करिडोर अतिक्रमण गरी बनाइएका घरहरु भत्काउन थालियो

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबी खोलाको देवीनगर क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य जारी छ ।”

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी