बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौँ- काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।

दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ ।

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ । उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले दशरथ रङ्गशालामा आइपुग्नु भएका सुकुम्बासीको विवरण सङ्कलन गरी उहाँहरुलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो