मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा- प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।

विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिनुभयो । “२०८१ सालमा १० हजार ४२३ जनाले मनास्लु भ्रमण गरेका थिए । २०८१ को तुलनामा २०८२ मा चार हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “हरेक महिनाको पर्यटक सङ्ख्या तुलना गर्दा अघिल्लो वर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गर्दछ ।”

वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिएको ओझाको भनाइ छ । अन्य सबै महिनामा वृद्धि भए पनि चैत महिनामा भने पर्यटक सङ्ख्या घटेको देखिन्छ । अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरूमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निष्कर्ष छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल