भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

सिरहा- सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशयी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज लहानमा आयोजना गरेको ‘नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने नीतिको स्वागत गर्दै व्यवसायीहरूले यसलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन् । सङ्घका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताले विना भन्सारका सामान आयातमा पूर्ण रोक लगाउनुपर्ने र भन्सार दर घटाएर नेपाल–भारतबीचको सामानको मूल्यमा रहेको अन्तरलाई कम गर्न (मूल्य समायोजन) जोड दिनुभयो ।

सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशङ्कर यादवले सरकारले खुला र उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभाव भएका विपन्न समुदाय घरायसी प्रयोजनका लागि भारतीय बजारमा निर्भर भए पनि खुला सीमाको फाइदा उठाएर हुने अवैध निकासी र तस्करी विरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको छ ।”

सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले व्यवसायीहरूका गुनासा र चिन्ताप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्या समाधानका लागि सम्बन्धित निकाय र सदनमा पहल गर्ने आश्वासन दिनुभयो । व्यवसायीहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण बनाउन र सीमा नाकामा हुने तस्करी नियन्त्रण गरी स्वदेशी लगानी सुरक्षित गर्न नवनिर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह