क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन- यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ ।

सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सकहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ ।

अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ । यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस