मध्यपृतना ट्रफी-२०८३ सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यपृतना ट्रफी-२०८३ सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

मकवानपुर- मध्यपृतना हेडक्वार्टर, सुपारीटार (हेटौँडा) को आयोजनामा आज(सोमबार)देखिमध्यपृतना ट्रफी२०८३’ सुरु भएको छ ।

वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि विष्णुबहादुर खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटनसँगै सुरु भएको फुटबलतर्फको पहिलो खेलमा गोरखबहादुर गण विजयी भएको छ ।

हेटौँडास्थित सुपारीटार ब्यारेकको खेलमैदानमा सम्पन्न खेलमा गोरखबहादुर गण मकवानपुरले भैरवगण धादिङलाई २गोलअन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत भोली शेर गण र नयाँ सबुज गणबीच प्रतिस्पर्धा हुने तालिका छ ।

प्रतियोगितामा सामूहिक विधातर्फ फुटबल, भलिबल, बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स स्वीमिङ, बक्सिङ र जुडो गरि आठ खेलमा प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका अनुसार स्विमिङबक्सिङ श्री मध्यपृतना हेडक्वार्टर हेटौंडामौ हुनेछ भने बास्केटबल श्री नं. ६ बाहिनी अड्डा अन्तर्गत शेर गण (नुवाकोट) मा, भलिबल भैरव गण (धादिङ) मा सञ्चालन हुनेछ । त्यस्तै, श्री नं. ७ बाहिनी अड्डा अन्तर्गत नयाँ सबुज गण (चितवन)मा तेक्वान्दो र जुडो तथा एथलेटिक्स र फुटबल गोरखबहादुर गण, सुपारीटार ब्यारेक (मकवानपुर) मा हुनेछन् । प्रतियोगितामा ६ नम्बर बाहिनी र ७ नम्बर बाहिनी अड्डा अन्तर्गतका विभिन्न युुनिटका एक सय महिला सहित ५ सय ५० जना खेलाडी सहभागी छन् ।

प्रतियोगितामा ४ सय ७१ वटा पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । समापनको दिन वैशाख २८ गते सुपारीटार ब्यारेकको खेलमैदानमा फुटबलको फाइनल खेल आयोजना गरिने छ ।

समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई पदक, प्रमाणपत्रट्रफी प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुले प्रधानसेनापति ट्रफीमा सहभागिता जनाउनेछन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा