सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

काभ्रे- दुई दिनदेखि अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

बैशाख १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बगाएका डाइभर्सनहरू पुनर्निर्माण गरिएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा ल्याइएको हो। हिजो दिउँसो केही स्थानमा डाइभर्सन निर्माण गरिए पनि हिजै साँझ परेको वर्षाले पुनः ती संरचना बगाएको थियो ।

विशेषगरी चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा बनाइएका डाइभर्सनहरू पुनः क्षतिग्रस्त भएका थिए। सामान्य वर्षाले नै यातायात अवरुद्ध भएपछि यो सडक भएर यात्रा गर्ने सर्वसाधारण समस्यामा परेका थिए ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल पक्की संरचना निर्माण भइरहेको र अस्थायी रूपमा खोलाबाट डाइभर्सन गरी सवारी सञ्चालन गरिँदा समस्या देखिएको हो।

उहाँले केही समयभित्रै स्थायी समाधान हुने बताउँदै विपी राजमार्ग पुनर्निर्माणअन्तर्गत पक्की संरचना निर्माण सुरु भइसकेकाले आगामी दिनमा समस्या क्रमशः घट्दै जाने जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मध्यपृतना ट्रफी-२०८३ सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यपृतना ट्रफी-२०८३ सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

संविधान संशोधनका विषयमा संविधानविद् र कानुनविद्सँग छलफल

संविधान संशोधनका विषयमा संविधानविद् र कानुनविद्सँग छलफल

सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

नेता आङ्देम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

नेता आङ्देम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

संघीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्ब भन्दा बढी ऋणात्मक

संघीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्ब भन्दा बढी ऋणात्मक

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने