विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७ दशमलव पाँच ओभरमा २४३ रनमै समेटियो ।

ओमानका लागि विनायक शुक्लाले अविजित ५८ रनको योगदान भने कप्तान जतिन्दर सिंहले ४६ रन जोडे ।

बलिङतर्फ युएईका अजय कुमार नायक बने । उनले नौ दशमलव पाँच ओभरमा ३५ रन खर्चेर छ विकेट लिएका थिए । यस्तै, सोही टोलीका हैदर अलीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई ६८ रनको योगफल खडा गरेको थियो । युएईका लागि आर्यांश शर्माले एक सय पाँच रनको शतक प्रहार गरे भने अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रनको योगदान दिए ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चालनमा आयो बिपी राजमार्ग – सार्वजनिक सेवा प्रसारण संस्था

नेता आङ्देम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

नेता आङ्देम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

विश्वकप लिग-२ः ओमानविरुद्ध युएईको जित

संघीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्ब भन्दा बढी ऋणात्मक

संघीय सरकारको सञ्चित कोष १ खर्ब १७ अर्ब भन्दा बढी ऋणात्मक

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउन बाटो खुला