वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ ।  यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।

प्रहरी सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिँदै मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत गर्नुभयो ।

शनिबार साँझ करिब ६ः०० बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । वर्षासँगै आएको असिनाले गहुँबालीमा क्षति पुगेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था

वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था

सुकुम्बासी बस्तीका २१४ परिवार सरकारको सम्पर्कमा

सुकुम्बासी बस्तीका २१४ परिवार सरकारको सम्पर्कमा

 प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता पूर्वप्रधानमन्त्री अधिकारी

 प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता पूर्वप्रधानमन्त्री अधिकारी

स्थानान्तरण गरिएका सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श 

स्थानान्तरण गरिएका सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श