पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ, ११ वैशाख : राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो ।

पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उक्त मुद्दामा हालसम्म जम्मा ९ (नौ) जना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल