लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

काठमाडौँ- हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ ।

यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ ।

आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन-प्रवक्ता पोखरेल

संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन-प्रवक्ता पोखरेल

अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो

अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो

नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज

नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ पहिलो प्रदूषित सहर – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ पहिलो प्रदूषित सहर – सार्वजनिक सेवा प्रसारण संस्था