अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

घोडाघोडी (कैलाली)- जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुनुहुन्छ । जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लाग्नुभयो ।

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सक्नुभएको छ । उहाँका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उहाँ कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिनुहुन्छ ।

उहाँले पढाउनुभएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उहाँलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उहाँ भन्नुहुन्छ, “मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठूलो खुसी अरू केही हुँदैन ।” तर, उहाँको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्‍यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उहाँ बताउनुहुन्छ ।

बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उहाँका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उहाँलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँड्डुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो ।

यी कठिनाइले उहाँलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उहाँको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उहाँको आत्मविश्वास बढ्दै गयो । उहाँले बुझ्दै जानुभयो शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ ।

एसएलसी उत्तीर्ण गरेपछि उहाँले शिक्षण पेसामा पाइला टेक्नुभयो । त्यो समय उहाँका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उहाँले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढ्नु भयो । अध्यापनसँगै उहाँले उच्च माध्यमिक तह उत्तीर्ण पनि गर्नुभयो । कक्षामा उहाँ केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्नुहुन्छ ।

उहाँको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उहाँकी श्रीमती पनि दृष्टिविहीन हुनुहुन्छ । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठूलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अभिव्यक्ति स्वतन्त्रताको संवर्धनमा सरकार प्रतिबद्ध छ- सञ्चारमन्त्री

अभिव्यक्ति स्वतन्त्रताको संवर्धनमा सरकार प्रतिबद्ध छ- सञ्चारमन्त्री

भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ – सार्वजनिक सेवा प्रसारण संस्था

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ – सार्वजनिक सेवा प्रसारण संस्था

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

महान्यायाधिवक्ताविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

महान्यायाधिवक्ताविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल

मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल

विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन