समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौँ- नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले समितिको अध्यक्षमा आचार्य, सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले विशेष सेवा ऐन २०४२ लाई शंशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति समेत गठन गरेको छ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

नेप्से परिसूचक १८ अङ्कले घट्यो

नेप्से परिसूचक १८ अङ्कले घट्यो

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा