राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ ।”

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । तिल्केनीचौरमा विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एकवटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ ।

विद्युत्गृह परिसरमा आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक केसीले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित