राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनित गरेको हो ।

त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्‍मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ ।

सभापति रवि लामिछानेले प्रस्ताव गर्नुभएका प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो । रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको प्रवक्ता झाले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था