नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

काठमाडौँ- संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको नेतृत्व चयन गरिएको छ ।

आज भएको निर्वाचनमा अधिकांश संसदीय समितिमा निर्विरोध सभापति चयन भएपनि २ वटा समितिमा भने निर्वाचन भयो । १० वटा समितिका सभापनि निर्विरोध निर्वाचित भए भने २ वटामा मत विभाजनको आधारमा निर्वाचन भएको थियो ।

यो निर्वाचनसँगै संघीय संसदका सबै समितिहरुले नयाँ नेतृत्व पाएका छन ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा  रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी परेको थियो । जहाँ रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित हुनुभयो ।

यसैगरी, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेकोमा रास्वपाकी शेरचन निर्वाचित हुनुभयो ।

योसँगै ११ वटा समितिका सभापतिमा रास्वपा र सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेतृत्व गर्ने भएको छ ।

सार्वजनिक लेखा समितिमा काँग्रेसका भरत खड्का निर्विरोध सभापति चयन हुनुभएको हो ।

नवनिर्वाचित सभापतिहरुले आजै सभामुख डिपी अर्यालबाट पद तथा गोपनीयताको शपथ लिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रमको आग्रह

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था