उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौँ -प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित हुनु भएको छ ।

प्रतिनिधि सभामा उहाँलाई उपसभामुख बनाउने प्रस्ताव निर्णायार्थ पेश हुँदा प्रस्तावको पक्षमा २२९ मत र विपक्षमा जम्मा ५ मत परेको थियो । मतदानमा २५६ जना उपस्थिति हुनुभएको थियो ।

रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो ।

सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित हुनुहुन्थ्यो । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्नुहुँदै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराउनुभयो ।

उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो ।

उहाँका बुवा सोगराथ ईट्टाभट्टामा काम गर्दै आउनुभएको थियो भने हाल उहाँ वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरेबियामा हुनुहुन्छ । उहाँकी आमा गृहिणी एवम् किसान हुनुहुन्छ ।

२५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको हो । उहाँले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको छ ।

जेनजी आन्दोलन पश्चात् उहाँ श्रम संस्कृति पार्टीमा जोडिन पुग्नुभएको थियो । उहाँ श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुनुहुन्छ ।

 

 

 

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक