लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले आज लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित  छलफलमा प्रदेशमा अगाडि बढेका विकास आयोजना, ति आयोजना कार्यान्वयनम संघ, प्रदेश र स्थानीय तह बीच समन्वय र समसामयिक राजनीतिक विषयहरूमा विचार आदानप्रदान भएको बताइएको छ।

छलफलका क्रममा सांसदहरुले निर्माण सम्पन्न भएका आयोजनाको संचालन र संघ र प्रदेशबीचको सहकार्यलाई प्रभावकारी बनाउने, विकास आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने तथा जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा जोड दिनु भएको छ।

सांसदहरूले आफ्नो क्षेत्रका समस्या, पूर्वाधार विकास, बजेट विनियोजन तथा सेवा प्रवाहका विषयमा प्रधानमन्त्रीसमक्ष धारणा राख्नु भएको थियो ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूसँग निरन्तर संवाद गर्दै आएको र यसअघि पनि अन्य प्रदेशका सांसदहरूसँग छलफल गरिसक्नुभएको थियो। यस्ता छलफलले संघ–प्रदेश सम्बन्ध सुदृढ गर्न र नीतिगत निर्णयमा सहकार्य बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त छलफलमा सहभागी हुनु भएका नेकपा नेता बर्षमान पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उहाँले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यसै गरी पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई गति दिन माग गर्नुभयो । उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्व रहेको बताए । उहाँले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१÷०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन