युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ–  पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।

सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ ।  घाइते नेपाली नागरिक सबै खतरामुक्त रहनुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उहाँहरूले खतरामुक्त रहेको जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले आजै भेट गरी उहाँहरूको अवस्थाका बारेमा बुझ्नुभएको र आवश्यक सहयोगका लागि समन्वय गर्ने उल्लेख गर्नुभएको थियो । बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार छ जना सामान्य उपचारपछि हाल अस्पतालबाट फर्किसक्नुभएको र गम्भीर चोट लागेको भनिएका थप एकजना नेपालीको पनि हाल उपचार जारी रहेको तथा उहाँ पनि खतरामुक्त रहनुभएको छ । आफू छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने उहाँले टेलिफोनमा बताउनुभएको छ ।

यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो । युएईका सम्बन्धित निकायहरूबाट समयमै उहाँहरूलाई उचित उपचारको प्रबन्ध गरिएको थियो । राजदूतावासले उहाँहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था