प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ- श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री शाहलाई हिजो एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गर्नुभएको हो ।
सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभएको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ ।

रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता