सभामुखको निर्वाचन फागुन २२ मा हुने, २० गते मनोनयन दर्ता कार्यक्रम

सभामुखको निर्वाचन फागुन २२ मा हुने, २० गते मनोनयन दर्ता कार्यक्रम

काठमाडौँ– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ ।

सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकमा उक्त सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

“सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा प्रस्तुत हुने र २० गते मनोनयन र २२ गते निर्वाचन गर्ने सहमति जुटेको छ”, उहाँले भन्नुभयो ।

दलहरूबीच संसद्को पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने तथा दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ ।

बैठकले मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पूरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने र छिट्टै नयाँ नियमावली मस्यौदा गरेर जाने निर्णय गरेको छ ।

कार्यव्यवस्था समिति र अध्यक्षता गर्ने सदस्यको चयन गर्नेबारेमा पनि छलफल भएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यव्यवस्था समितिको सङ्ख्याका बारेमा थप सरसल्लाह हुनेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाको गत फागुन २१ गते सम्पन्न निर्वाचनपश्चात बिहीबारदेखि संसद्को नयाँ अधिवेशन प्रारम्भ हुँदैछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार